दफा ११
पानी जहाजको रोजनामचा
(१) ५० टन वा सो भन्दा बढी ग्रस टनेज भएको समुद्र यात्रा गर्ने र
जतिसुकै टनेज भएको भए पनि १५० अश्व शक्ति (हर्स पावर) भन्दा बढी चालन शक्ति (मोटिभ
पावर) भएको नेपाली पानी जहाजले तोकिएबमोजिमको पानी जहाजको रोजनामचा राख्नु पर्छ ।
(२) त्यस्तो रोजनामचा नौपरिवहन, सो पानी जहाजमा हुने काम, नाविकहरु, यात्रुहरू,
मौसम सम्बन्धी अवलोकन, समुद्रमा भएका ठूलो दुर्घटना र विपत्तिहरुका विवरण र पानी जहाज
कार्यालयका अधिकारीहरु, पानी जहाजका धनीहरु, पानी जहाजबाट माल पठाउने वा पठाउनेहरू,
विमकहरु, अण्डरराइटरहरू र सम्बन्धित सबै व्यक्तिहरुलाई चाख लाउने घटनाहरुका विवरण
लेखिनेछ ।